कपिलवस्तु । कपिलवस्तु प्रहरीले स्रोत नखुलेको २१ लाख सात हजार एक सय भारतीय रुपियाँसहित तीन जनालाई पक्राउ गरेको छ । स्रोत नखुलेको भारतीय रुपियाँ ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका अधारमा उनीहरुलाई पक्राउ गरिएको हो । बिहीबार राति ९ बजे प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतको नेतृत्वमा खटिएका प्रहरी टोलीले कपिलवस्तु नगरपालिका–२ जमुवारपुलबाट भैरहवाको तौलिहवातर्फ आउँदै गरेको कार…