मायादेवी अनलाइन, चारनम्बर । कोभिड–१९ संक्रमणको दोस्रो लहरले भारतका विभिन्न सहर पुनः प्रभावित हुँदै गर्दा कपिलवस्तुका सिमा नाकामा सरकारी पक्षबाट नै चरम लापरबाही देखिएको छ । मर्यादपुर, खुनुवा, कृष्णनगर लगायतका नाकामा जाँचमा लापरबाही छ भने मर्यादपुर नाकामा हेल्थ डेस्क नै नभएको पाइएको छ । यसले गर्दा जिल्लामा कोरोनाको संक्रमण हुने डर देखिएको छ । मर्यादापुरबाट…