मायादेवी अनलाइन, चन्द्रौटा ।कपिलवस्तुको शिवराज नगरपालिकाको विरपुर स्वास्थ्य चौकीमा २४ घण्टे प्रसुती सेवा सुरु भएको छ । लामो प्रयास पछि नगरपालिकाले वडा नं. ६ मा रहेको विरपुर स्वास्थ्य चौकीबाट २४ घण्टे प्रसुती सेवा केन्द्र संचालनमा ल्याएको हो । प्रसुती सेवाको बुधबार नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारी, उप मेयर शिवकुमारी थारु, स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईले…