भद्रपुर । झापाको अर्जुनधारा नगरपालिका–५ मा मानव बस्तीकोबीचमा बच्चासहित जङ्गली हात्तीको बथान दिउँसै आएपछि त्रास फैलिएको छ। भारततिरबाट आएका ६ वटा हात्ती मंगलबार बिहानदेखि नै सो वडास्थित ध्यानबहादुर भारतीको उखुबारीमा बसेका छन्। हात्ती बसेको उखुबारीको वरिपरि दुई दर्जन घर छन् भने डेढ सय विद्यार्थी अध्ययन गर्ने एउटा आधारभूत विद्यालय छेउमै छ। हात्ती दिउँसो बास बस्ने…