काठमाडौं, पुस १३ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक गतिरोधको निकास खोज्न दलहरुलाई आग्रह गर्नुभएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा उहाँले चुनाव भइसकेपछि देखिएको राजनीतिक गतिरोधबाट दलहरुले निकास निकाल्नेमा आफू विश्वस्त रहेको बताउनुभएको राष्ट्रपति भण्डारीका सल्लाहकार भेषराज अधिकारीले जानकारी दिनुभयो । जनमतको सम्मान गर्दै राजनीतिक दलहरुले निकास निकाल्न यथाशिघ्र अग्रसर हुनुपर्छ भन्ने…