लुम्बिनी । लगातारको वर्षा र हावाहुरीका कारण लुम्बिनी प्रदेशका बाँके, बर्दिया र पाल्पाको धानबालीमा ठुलो क्षति भएको छ । पाकेर काट्ने बेला भएको धान ढल्नुका साथै कतिपय खेतमा बाढी र डुबान पसेपछि किसान उत्पादन घट्ने चिन्तामा छन् । बाँकेका आठ वटै पालिकामा धानबाली ढलेको, डुबेको र कतिपय स्थानमा हावाहुरीले बालीमा क्षति पुर्याएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।…