कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले अनुदानमा कृषि औजार वितरण गरेको छ । व्यवसायिक कृषि गर्दै आएका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरिएको थियो । पालिकाले सिँचाईको लागि मोटर, पम्मसेट, स्प्रे ट्याङ्की, चाप कटर लगायतका औजार वितरण गरिएको छ । कृषकहरुलाई मागको आधारमा कृषि औजार वितरण गरिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयो…