२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

शिवराज अस्पतालमा ३८ लाख रकम गायब

कपिलवस्तु । कपिलवस्तुको शिवराज आधारभूत अस्पताल चन्द्रौटामा ३८ लाख बढी रकम रहस्यमय तरिकाले गायब भएको खुलेको छ ।  शिवराज नगरपालिकाको आन्तरिक लेखा परीक्षणका क्रममा आर्थिक वर्ष ०८१/८२ मा बैँक दाखिला गरिएका भनिएका १२८ भौचरका रकम खातामा नभेटिए पछि घटना सार्वजनिक भएको हो ।   आधारभूत स्वास्थ्य सेवा अस्पतालको नेपाल बैँक लिमिटेड चन्द्रौटा शाखामा रहेको खाता नम्बर २२८००१०६९४६१३००००००१…