कपिलवस्तु । जिल्ला समन्वय समिति कपिलवस्तुको आयोजनामा जिल्लामा क्रियाशील गैरसरकारी संस्थाहरूको आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रम तौलिहवामा सम्पन्न भएको छ। कार्यक्रममा जिल्लामा क्रियाशील ३० भन्दा बढी संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो। सहभागी संस्थाहरूले आ–आफ्नो वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै स्थानीय तह तथा विषयगत सरकारी निकायसँगको समन्वयलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएका छन्।…