बाबुराम रायमाझी,भलवाड । “रुख रोपौँ, वन जोगाऔँ” भन्ने मूल नाराका साथ वाणगंगा नगरपालिका–९, भलवाडमा अवस्थित साहारा सामुदायिक वन उपभोक्ता समूहको २४औँ वार्षिक साधारणसभा भव्य तथा सभ्य वातावरणमा सम्पन्न गरेको छ। साधारणसभामा समूहकी सचिव कमला अधिकारीले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ८७ लाख ६६ हजार रुपैयाँ बराबरको आय–व्यय विवरण सार्वजनिक गरेकी थिइन्।…