कपिलवस्तु । कपिलवस्तु नगपालिका वडा नम्बर ७ स्थित धमौलीमा भैँसीलाई नुहाउने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ। बिहीबार मध्यान्न भैँसीलाई नुहाउने क्रममा गाउँ नजिकै रहेको पोखरीमा डुबेर ४५ वर्षीय शिव प्रसाद खटिकको मृत्यु भएको हो। पोखरीमा डुबेर बेपत्ता भए पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। पोखरीबाट शव निकालेर पोस्टमार्टम लागि कपिलवस्तु अस्पताल पठाइएको…