ताप्लेजुङ । हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितको शव लिएर नेपाली सेनाको हेलिकप्टर ताप्लेजुङबाट काठमाण्डौ उडेको छ ।सुकेटार विमानस्थलमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले ताप्लेजुङमा शवपरीक्षण हुन नसक्ने ठहर गर्दै काठमाण्डौ पठाउने निर्णय गरेको थियो ।ताप्लेजुङको सिस्नेभीरमा हेलिकप्टर दुर्घटना हुँदा निधन भएकामध्ये चारजनाको शव बुधबार नै सुकेटार पुर्याइएकोमा बाँकी तीनजनाको शव बिहीबार बिहानमात्रै सुकेटार…