नवलपरासी । नवलपरासीको एक विद्यालयमा प्रार्थनाको समयमा विद्यार्थी ढिलो आएको भन्दै कुटपिट गर्ने प्रधानाध्यापक ओमकुमार श्रेष्ठविरुद्ध किटानी जाहेरी परेको छ । पूर्वी नवलपरासीको विकट पहाडी गाउँपालिका अन्तरगत बुलिङटार गाउँपालिका वडा नं. ६ अत्रौली स्थित शिव माध्यामिक विद्यालयका प्रधानाध्याप श्रेष्ठले ढिलो आएको भन्दै कुटपिट गर्दा कक्षा १० मा अध्ययनरत खुमन सार्की गम्भिर घाईते भएका छन् ।…