नवलपरासी, १९ भदौ । नवलपरासीको गैँडाकोट नगरपालिकाको अमरापुरीमा प्रथम ऐतिहासिक अमरापुरी महोत्सव हुने भएको छ । अमरापुरीको धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको रेन्बो युथ क्लब अमरापुरीका अध्यक्ष एवं महोत्सव मूल समारोह समितिका संयोजक विवेक न्यौपानेले जानकारी दिनुभयो । अमरापुरी क्षेत्रलाई सिंगो देशभर चिनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उहाँले…