तुलसीपुर (दाङ), १५ भदौ । बाढी र डुबानका कारण कृषि तथा पशु चौपायातर्फ रु १० करोड ७५ लाखभन्दा बढीको क्षति भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले दिएको जानकारीअनुसार एक हजार ११५.७४ हेक्टर क्षेत्रफलको धान मकै बगाउँदा रु आठ करोड २६ लाख ६२ हजार बराबरको क्षति भएको छ । यस्तै, बाढीले १०२.४ मेट्रिक टन सञ्चित…