रुपन्देही, २३ साउन । भारतको उत्तर प्रदेशको उन्नाउका एक साधु बुटवलमा मृत भेटिएपछि आफन्तहरुले हत्याको आशंका गर्दै छानबिनको माग गरेका छन् । गएको दुई वर्षदेखि बुटवल–५ मा बस्दै आएका ५२ वर्षका साधु रमेश पालको शव जलेको अबस्थामा भेटिएको हो । मृतकका भाइ सन्तुले आइतबार शव बुझ्दै दाजुको हत्या भएको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी…