७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

वालिङमा गाडीको ठक्करबाट एकजनाको मृत्यु

स्याङ्जा, ३१ साउन । स्याङ्जाको वालिङमा गाडीको ठक्करबाट एकजनाको ज्यान गएको छ । सोमबार राति गाडीले ठक्कर दिँदा वालिङमा मजदुरी गर्दै आएका सल्यानको त्रिवेणी गाउँपालिका–४ का ६३ वर्षका मैते रेउलेको ज्यान गएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । ठक्कर दिने गाडीको नम्बर खुलेको छैन र खोजी भइरहेको प्रहरीले जनाएको छ ।