पाल्पा, ६ भदौ । गए राति करेन्ट लागेर पाल्पा रैनादेवी छहरा गाउँपालिका–२ सोमादीका ३५ वर्षीय खुमबहादुर रेग्मीको मृत्यु भएको छ । करेन्टबाट घाइते भएका रेश्मीको उपचारका क्रममा युनाइटेड मिसन अस्पताल तानसेन पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोमबार दिउँसो विद्युत् ट्रान्सफर्मर मर्मत गर्न बिजुलीको खम्बामा चढेका बेला उनलाई करेन्ट लागेको थियो ।