२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

भारतीय क्रिकेटर रविन्द्र जडेजामाथि प्रतिबन्ध

साउन २३ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले आचारसंहिता उल्लंघन गरेको भन्दै भारतीय क्रिकेटर रविन्द्र जडेजालाई श्रीलंकासँगको अन्तिम टेष्ट क्रिकेट खेल्न प्रतिबन्ध लगाएको छ । दोस्रो टेष्टको तेस्रो दिनको खेलमा जडेजाले श्रीलंकाका बलरलाई क्रिज नछोडेको भन्दै खतरनाक तरिकाले बल फालेको आरोपमा प्रतिबन्ध लगाइएको हो । मैदानमा उपस्थित अम्पायरले पनि यस व्यवहारलाई ज्यान मार्ने किसिमको भएको बताएका छन्…