दिपा महत, बुद्धभूमि । अत्यधिक गर्मीको कारण कपिलवस्तुसहित तराईको जनजीवन प्रभावित भएको छ । गर्मीका कारण कपिलवस्तुका स्थानीय सरकारहरूले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिन थालेका छन् ।कपिलवस्तुको बाणगंगा र बुद्धभूमिले ४ दिन विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । बुद्धभूमि नगरपालिकाले एक सुचना जारी गर्दै यहि जेष्ठ २७ देखि ३० गतेसम्म विद्यालय बिदा दिने…