कपिलवस्तु । कपिलवस्तुको सुद्धोधन गाउँपालिका-५, जयनगरमा ग्यास सिलिन्डरबाट खाना पकाउने क्रममा आगलागी हुँदा दाजु-बहिनीको मृत्यु भएको छ। आइतबार साँझ घरमा खाना पकाउने क्रममा ग्यासको रेगुलेटर खराब भएपछि आगो लागेको प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले बताए। घरनजिकै गोठमा ग्यास लिक भएर आगलागी हुँदा १८ वर्षीया सोनम यादव र उनका दाजु २५ वर्षीय शिवकुमार यादव गम्भीर घाइते भएका…