नेपालगन्ज, साउन २८ । अबिरल वर्षापछि आएको बाढीका कारण घर भत्किँदा बाँकेको राप्ती सोनारी गाउँपालिका–४ लालापुरमा एकैघरका तीनजना बालिकाको ज्यान गएको छ । कमिलाल थारुका १२, ९ र ७ वर्षका छोरीको घर भत्किँदा च्यापिएर ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार कमिलालकी श्रीमती पनि बेपत्ता हुनुभएकोे छ । यसैगरी त्यही स्थानको मकैबारीमा एकजना पुरुषको…