एजेन्सी । उत्तरी इजिप्टमा शुक्रबार चारतले आवासीय भवन भत्किँदा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । घटनामा अन्य २० जना घाइते भएका छन् । राज्य सञ्चालित नाइल टिभीले जनाए अनुसार राजधानी कायरोको उत्तरमा रहेको बेहेरा प्रान्तमा रहेको उक्त भवन ग्यास सिलिन्डर विस्फोटका कारण भत्किएको हो । दुर्घटनामा दुईजना अझै बेपत्ता भएकाले भग्नावशेषमुनि बाँचेकाहरूको खोजी…