९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

आईएसका पूर्वप्रमुख बग्दादीकी दिदी टर्कीमा पक्राउ

एजेन्सी । टर्कीले चरमपन्थी संगठन इस्लामिक स्टेटका पूर्वप्रमुख अबु बकर अल–बग्दादीकी दिदीलाई पक्राउ गरिएको जनाएको छ। अमेरिकी विशेष फौजले २६ अक्टोबरमा उत्तरी सिरियामा गरेको कारबाहीका क्रममा अल–बग्दादी मारिएका थिए। उत्तरी सिरियाको अजाज नगर नजिकैबाट बग्दादीकी दिदी ६५ वर्षीया रस्मिया अवादलाई पक्राउ गरिएको टर्कीका अधिकारीहरूले बताएका छन्। सो नगर हाल टर्कीको नियन्त्रणमा रहेको सिरियाको अलेप्पोमा पर्छ…