६ असार २०८३, शनिबार | Sun Jun 21 2026

ब्लड क्यान्सरबाट ग्रसित पत्रकार केसीको उपचारका लागि सहयोग आह्वान

कपिलवस्तु ।ब्लड क्यान्सर पीडित कपिलवस्तुका पत्रकार दीपक केसीलाई उपचारमा रकम अभाव भएको छ । शिवराज नगरपालिका चन्द्रौटाबाट सक्रिय पत्रकारिता गर्दै आइरहेका केसी केही समयदेखि ब्लड क्यान्सर पीडित छन् । क्यान्सर भएको थाहा पाएपछि उनको नेपालका बिभिन्न अस्पताल र भारतको अस्पतालमा समेत चेक जाँच भइरहेको छ । अहिले उनी भारतको राजिव गान्धी क्यान्सर अस्पतालमा उपचाररत छन्…