कपिलवस्तु । कृष्णनगर नगरपालिका २, पिपलबोटबाट मंगलबार राति १० बजे ७ किलो ५ सय ग्राम लागुऔषध अफिमसहित दुई जना पक्राउ परेका छन् । चन्द्रौटाबाट कृष्णनगरतर्फ आउँदै गरेको लु १ ह १५७ नम्बरको टेम्पोमा सवार रोल्पा कुरेली गाउँपालिका–१ बस्ने सीता रोकालाई शंका लागि चेक गर्दा अफिम बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारीले बताए ।…