हरारे, ४ मंसिर । जिम्बाब्वेको सत्तारुढ दल जानु-पीएफले राष्ट्रपति रबर्ट मुगाबेलाई दलको नेताबाट बर्खास्त गरेको छ ।आइतबार बसेको पार्टीको बैठकले मुगाबेलाई बर्खास्त गरी पूर्वराष्ट्रपति इमर्सन मनंगावालाई दलको नेता नियुक्त गरेको पार्टीका अधिकारीले बताएका छन् । उनलाई राष्ट्रपति मुगाबेले दुई साताअघि पदबाट बर्खास्त गरेका थिए । उपराष्ट्रपति मनंगावालाई बर्खास्त गरेपछि त्यहाँको राजनीतिक संकट उत्पन्न भएको थियो…