रासस, घोराही । घोराही उपमहानगरपालिकाको गत पुस २३ गतेको कार्यपालिका बैठकले उपमहानगरबाट हुने कामकाजी भाषालाई थारु भाषा बनाउने निर्णय गरे पनि कार्यान्वयनमा आएको छैन । उक्त निर्णयलाई २०७४ माघ १ गतेदेखि लागु गर्ने भनिएको थियो । उपमहानगरपालिकाका प्रमुख नै थारु समुदायको हुनु र यहाँको अधिकांश जनसङ्ख्या थारु हुँदा उपमहानगरले यस क्षेत्रको सरकारी निकायमा थारु भाषालाई…