२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

रुपन्देहीमा बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

रुपन्देही । बालिका बलात्कारको आरोपमा रुपन्देहीमा एकजना पक्राउ परेका छन् । प्रहरीका अनुसार १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुपन्देहीको गैडहवा बइरिहवाका २० वर्षीय जलालुद्धिन मुसलमान पक्राउ परेका हुन् । जलालुद्धिनले बिस्कुटमा नसालु पदार्थ राखेर बालिकालाई पटक–पटक बलात्कार गरेको प्रहरीले बताएको छ ।