अर्घाखाँची, २८ कात्तिक । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले प्रतिनिधिसभामा उम्मेदवारी फिर्ता गरे पनि वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका टोपबहादुर रायमाझीलाई भोट नदिने बताएको छ । आफ्नो चुनावी कार्यक्रम तथा प्रतिबद्धतापत्र सार्वजनिक गर्दै राष्ट्रिय जनमोर्चाले केन्द्रीय सहमति अनुसार प्रतिनिधिसभामा उम्मेदवार बनेका शेरबहादुर विवसीको उम्मेदवारी फिर्ता लिएको तर भोट कसलाई दिने भन्ने विषयमा छलफल नभएको बताएको हो…