मायादेवी अनलाइन, कपिलवस्तु, २६ भाद्र । कपिलवस्तुमा आइतबार भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । आइतबार साँझ फोर्स जीपले वाणगंगा १ बैरियामा ठक्कर दिदा एक जना महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ । मृत्यु हुनेमा दाङ्ग गोबडिया ६ बस्ने ५५ वर्षीय कुजी चौधरी रहनुभएको पिपराका प्रहरी निरिक्षक राजु कार्कीले…