रोल्पा, ३० भदौ । रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती बिहीबार राति करिब ११ बजेदेखि सम्पर्क्विहीन रहनुभएको छ । थवाङ–२ कोइचावाङमा रहेको ससुराली पुगेका घर्तीलाई सोही स्थानबाट १०÷१२ जनाको समूहले सम्पर्क्विहीन बनाएको जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । अध्यक्ष घर्तीको खोजीका लागि थवाङ आसपासका प्रहरी युनिटबाट प्रहरी खटाइएको प्रमुख…