काठमाडौं, १४ भदौ । नेकपा एमालेका नेता केपी शर्मा ओलीले देशका कुनै पनि भागमा जान र चुनावी गतिविधि गर्न आफूहरुलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ । राजपाले जनकपुरको एमाले कार्यकर्ता भेलामा अवरोध प्रयास गरेको सन्दर्भमा ओलीले सो कुरा बताउनुभएको हो । बैंककमा स्वास्थ्य उपचार गराएर बुधबार नेपाल फर्किनुभएका ओलीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै…