काठमाडौँ, २५ भाद्र । नेपाली काँग्रेसले स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नं २ मा चुनावी अभियान शुरु गरेको छ । चुनावी अभियानका क्रममा काँग्रेसले प्रदेश नं २ का आठवटै जिल्लामा आफ्ना उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्न कार्यक्रम आयोजना गर्दैैछ । ती चुनावी सभालाई काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल…