एजेन्सी ।इन्डियन प्रिमियर लिग (आईपीएल) कै सबैभन्दा उच्च स्कोर बनेको खेलमा सनराइजर्स हैदराबादसँग मुम्बई इन्डियन्स ३१ रनले पराजित भएको छ । बुधबार हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा हैदराबादले प्रस्तुत गरेको २७८ रनको कीर्तिमानी लक्ष्य पछ्याउने क्रममा मुम्बईले निर्धारित २० ओभर खेले पनि पाँच विकेट गुमाएर २४६ रनमात्र बनाउन सक्यो । बुधबारको खेलमा थुप्रै…