मायादेवी अनलाइन, कपिलवस्तु । आगामी १४ देखि २३ डिसेम्बरमा हुने महिला साफ च्याम्पियनसिपमा नेपालले समुह चरणमा बंगलादेश, भुटान र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ । बंगलादेशको ढाकामा गयराति सार्वजनिक गरिएको ’ड्र’ अनुसार नेपाल समूह ‘ए’मा परेको छ भने समूह ’बी’मा भारत, माल्दिभ्स र श्रीलंका छन् । समूह विजेता र उपविजेता टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।…