बाबुराम रायमाझी, भलवाड । अमृते सामुदायिक वनले आफ्ना उपभोक्तालाई डस्टबिन बितरण गरेको छ । ‘हामी हाम्रो गाउँ टोल सफा बनाऔं, फोहोर व्यवस्थापन गरी वातावरण स्वच्छ राखौं’ भन्ने मूल नाराका साथ वाणगंगा ९ भर्तापुरमा रहेको अमृते सामुदायिक वन उपभोक्ता समूहले समूहका ३ सय घरधुरीका उपभोक्तालाई डस्टविन वितरण गरेको हो । २ लाख ७२ हजारको लागतमा वन…