३ जेष्ठ २०८१, बिहिबार | Fri May 17 2024

गाउँपालिकामा सुविधाको गाडी किन्ने पैसाले एम्बुलेन्स

गुल्मी । गुल्मीको दुर्गम मदाने गाउँपालिकाले सुविधाको गाडीलाई छुट्याइएको बजेटको रकमबाट एम्बुलेन्स खरिद गरेको छ । २२ लाख ९४ हजार रुपैयाँ लागतमा गाउँपालिकाले दुईवटा एम्बुलेन्स किनेको हो । दुर्गमका जनतालाई सेवा दिनु पहिलो प्राथमिकता भन्दै गाउँपालिकाले एम्बुलेन्समा जोड दिएको बताएको छ । स्वास्थ्यचौकी पुर्कोटदहमा बाहेक अन्य गाउँमा एम्बुलेन्स नहुँदा विरामीले दुःख पाउँदै आएका थिए ।…