कपिलवस्तु । कपिलवस्तु नगरस्तरीय छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि कनकमुनी माध्यमिक बिद्यालय जगदीशपुरले जितेको छ । शुक्रबार तौलिहवामा सम्पन्न प्रतियोगितामा १५ स्वर्ण, ६ रजत र २ कांस्य पदकसहित कनकमुनी माविले उपाधि जितेको हो । कनकमुनीले लगातार जितमा छक्का मारेको छ । प्रथम प्रतियोगितादेखि लगातार छैठौंपटकसम्म कनकमुनीले जीत आफ्नो पोल्टामा पार्न सफल भएको हो…