दीपा महत, बुद्धभूमि । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले गरेको अनुगमनका क्रममा विभिन्न पसलबाट अखाध्य वस्तु नष्ट गरिएको छ ।आइतबार सहायक प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेकोे नेतृत्वमा बहादुरगंज, चन्द्रौटा तथा गोरुसिंगेका विभिन्न पसलहरुमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा मिठाई पसलहरुले पत्रिकामा मिठाई बेचेकोे, अत्याधिक रंगको प्रयोग गर्नुका साथै पसलमा अत्याधिक फोहर भेटिएको घिमिरले बताए ।…