पाल्पा, २७ मंसिर पाल्पा–बुटबल सडकखण्डको तिनाउ गाउँपालिकाको दोभानअन्तर्गत सिद्धबाबा क्षेत्रको वैकल्पिक सडक खोलिने भएको छ । सिद्धबाबा क्षेत्रमा पटक पटक ढुंगासहितको पहिरो खस्दा वर्षेनी मानवीय क्षति भएपछि वैकल्पिक सडक खोल्न अवस्थामा जिल्लावासी पुगेका छन् । पाल्पा–बुटबल सडकखण्डको विकल्पमा रुपन्देहीको चरङ्गे मुडावास– चौकी भञ्ज्याङ– ज्यामिरे– झुम्सा सडक यस वर्ष खोलिने भएको छ । पाल्पाको झुम्सादेखि चौकी…