पाल्पा, १८ असोज । सिद्धार्थ राजमार्ग अन्र्तगत पाल्पा–बुटवल सडकखण्ड बुधबार राति ८ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि बन्द गरिने भएको छ । पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबामा धुले पहिरो गएर जनधनको क्षति हुनसक्ने खतरालाई मध्यनजर गर्दै सडकमा गाडी चलाउन रोक लगाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । आज बिहान १० बजेदेखि दिउसो २ बजेसम्म पनि…