काठमाडौं, भदौ १९ । प्रहरीले काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमबार बिहान ६ बजेतिर क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गरेको हो । टाटा ब्राण्डको गाडीमा अवैध सुन ल्याएको सूचनाको आधारमा प्रहरी टोली गएको अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले जानकारी दिनुभयो । आफूहरु त्यहाँ पुग्दा गाडी भाग्न…