काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा नेपाल पुलिस क्लबले थ्री स्टार क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा पुलिसले थ्री स्टारलाई ३–१ गोलअन्तरले पराजित गर्दै विजयी भयो । पुलिसको जितमा निरकुमार राई, अभिषेक रिजाल र भोला सिलवालले एक एक गोल गरे । त्यस्तै…