एजेन्सी, मस्को । विश्वकप फुटबलको समूह एचको खेलमा सेनेगलले पोल्याण्डलाई हराउँदै विश्वकपमा शानदार सुरुवात गरेको छ । विश्वकपको समूह एच अन्तर्गत रुसको भोल्कोभ एरेनामा मंगलबार राति भएको खेलमा सेनेगलले पोल्याण्डलाई २–१ गोलले हरायो । पहिलो हाफको ३७ औं मिनेटमा पोल्याण्डका सिओनिकको आत्मघाती गोलमार्फत सेनेगलले अग्रता लिएको थियो । सेनेगलका स्ट्राइकरको प्रहार क्लियर गर्न लाग्दा उनले…