१८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

कपिलवस्तुका मनिसा र दिलिपले क्षेत्रीय उसु प्रतियोगिता जिते

बिकास थापा, कपिलवस्तु, २ माघ । पोखरा रङ्गशालामा सोमबार र मंगलबार भएकोे क्षेत्रीय उसु प्रतियोगिता अन्तर्गत पश्चिमाञ्चल क्षेत्रबाट कपिलवस्तुकी मनिसा राना मगर गोल्ड प्रथम र दिलिप बिक दृतीय हुनु भएको छ । अब उहाँ दुबै जना इटहरीमा हुन लागेको राष्ट्रिय उसु प्रतियोगिताको लागि छनोट हुनुभएको जानकारी प्राप्त भएको छ ।