इङल्याण्ड । इङल्याण्ड फुटबल टिमका पूर्व कप्तान रे विलकिन्सको स्वास्थ्य अवस्था गम्भीर भएको छ । विलकिन्सको अवस्था क्रिटिकल भएपछि उनलाई लण्डनको सेन्ट जर्ज हस्पिटलमा भर्ना गरिएको छ । इङल्याण्डको जर्सिमा ८४ वटा क्याप जितेका विलकिन्सको परिवारले उनको अवस्था एकदमै नाजुक भएको बताएका छन् । ६१ वर्षीय विलकिन्सले म्यानचेस्टर युनाईटेडका साथै एसी मिलान, रेञ्जर्स र क्युपिआरबाट…