कपिलवस्तु, २० कात्तिक (रासस) । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई भयरहित र शान्त वातावरणमा सम्पन्न गराउन स्थानीय प्रशासनले सीमा क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधिप्रति उच्च सतर्कता अपनाएको छ । सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीका एकाइलाई आफ्ना मातहतका क्षेत्रमा उच्च निगरानी बढाउन स्थानीय प्रशासनले निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो…