भुपाल थापा, कपिलबस्तु, २ मंसिर । पत्रकारिता क्षेत्रमा संघर्षबाट प्रगतितर्फ लम्किएकी कपिलबस्तुका महिला पत्रकार सोना खटिकको जिल्ला सदरमुकाम तौलिहवामा एक कार्यक्रमका बिच सम्मान गरिएको छ । कपिलबस्तुको पहिलो रेडियोको रुपमा स्थापित सामुदायिक रेडियो कपिलबस्तुका स्टेशन म्यानेजरलाई मधेस मिडिया सोसाइटी कपिलबस्तुले तौलिहवामा सम्मान गरेको हो । जिल्लाको बुद्धभुमि नगरपालिका साविक बरकुलपुर–७ मटैहवाकी सोना खटिकको आवाज कपिलवस्तु…