१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026

बुद्धभूमिमा ४३ किलो बेवारिसे गाँजा भेटियो

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ टाकुमा ४३ किलो २४ ग्राम बेवारिसे गाँजा बरामद गरिएको छ। टाकुस्थित मर्सी गाउँमा गाँजाको अवैध ओसारपसार र कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले उक्त गाँजा बरामद गरेको हो। सोमबार मर्सी जङ्गलको खाली चौरमा रहेको रुखको फेदमा प्लास्टिकका तीन बोरामा लुकाइ राखिएको अवस्थामा उक्त गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी…