२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

पाल्ही भगवती नवलपरासी

मायादेवी अनलाइन । नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा अवस्थित पाल्ही भगवती मन्दिर तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुअघि पाल्पाका सेनवंशी राजाहरुको अधिनमा रहेको थियो । यो मन्दिरमा सेनवंशी राजपरम्पराकी कुल देवी पाल्ही भगवतीको स्थापना भएको थियो । नवलपरासी जिल्लाको सदरमुकाम परासी वजार देखि आठ किलोमिटर परासी महेशपुर मार्गको दाहिने भागमा पाल्ही भगवती मन्दिर अवस्थित रहेको छ…