मायादेवी अनलाइन, चन्द्रौटा । कपिलवस्तु शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले समाजमा पत्रकार महिलालाई काम गर्न सहज वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभएको छ । क्रियाशिल महिला पत्रकार समुह कपिलवस्तु शाखाको अधिवेशनमा बोल्दै नगर प्रमुख अधिकारीले पुरुष पत्रकारको तुलनामा महिला पत्रकारलाई काम गर्न निकै चुनौती देख्ने गरेको भन्दै त्यसलाई सहज बनाउन शिवराज नगरपालिका तयार रहेको बताउनुभयो…